दफा २९
बीमा सम्बन्धी नियमहरु बनाउने अधिकार
: (१) नेपाल सरकारले बीमा सम्बन्धी नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरुको व्यवस्था गर्न सकिनेछ ः-
(क) दफा २७ अन्तर्गत बीमा गराउन सकिने हुलाक वस्तुहरुको किसिम,
(ख) बीमा गराउन सकिने रकमको हद अंक,
(ग) बीमा दस्तुर तिर्ने तरिका, र
(घ) बीमा गरिएका हुलाक वस्तुहरुको क्षतिपूर्ति दिने।
(३) बीमाको निमित्त हुलाक अड्डामा दाखिल भएका हुलाक वस्तुहरुलाई बीमा गरिसकेपछि, महानिर्देशकले समय समयमा आदेश जारी गरी तोकिदिएको स्थान र समयमा तोकिदिएको तरिका अनुसार डेलिभरी तथा दर्ता गरिनेछ ।